२८ जेठ २०८३, बिहीबार

एन्फा ‘ए’ डिभिजन लिगको च्याम्पियनले ७५ लाख पाउने

एन्फा ‘ए’ डिभिजन लिगको च्याम्पियनले ७५ लाख पाउने

असोजबाट कात्तिकका लागि सारिएको सहिद स्मारक ‘ए’ डिभिजन लिगको विजेताले ७५ लाख नगद पुरस्कार प्राप्त गर्ने भएको छ । 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतवार डिभिजन लिगको विजेताले ७५ लाख पाउने बताएको हो । 

एन्फाले यसपटक पुरस्कार राशिमा वृद्धि गरेर ७५ लाख पुर्‍याएको हो । यसअघिको सिजनमा च्याम्पियनले ५० लाख रूपैयाँ प्राप्त गरेको थियो । नयाँ सिजनको लिगको उपविजेताले ५० लाख प्राप्त गर्दा तेस्रोले २५ लाख पाउने एन्फाले जनाएको छ ।

यस्तै एन्फाले क्लबलाई तयारी खर्चको लागि २०–२० लाख समेत उपलब्ध गराउने छ ।

यस्तै अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग शुरू हुने मिति पछि सारेको छ ।

परिवर्तन गरिएको तालिकाअनुसार लिग आगामी कात्तिक २९ गतेबाट हुनेछ । ‘ए’ डिभिजनका १४ क्लबसँग छलफल गर्दै लिगको नयाँ मिति तय गरेको हो । 

सोही छलफलबाट सहभागी क्लब लिग खेल्न सहमति भएको जनाएको हो । यसअघि ललितपुरका चार क्लबले महामारीलाई कारण दिएर असोज ३ बाट लिग खेल्न नसक्ने भन्दै ज्ञापनपत्र बुझाएका थिए ।

अक्टोबरको पहिलो साता साफ च्याम्पियनसिप आयोजना हुने सम्भावना भएकाले लिग पछाडि सारिएको हो । साफ आयोजनाको लागि नेपाल र माल्दिभ्सले दाबी पेश गरिसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्