काठमाडौं, २८ जेठ – झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर २’ का गीत संगीतको अडियो जुकबक्स सार्वजनिक भएको छ । तीन गीत समावेश गरिएको उक्त जुकबक्सका दुई गीत पहिले नै रुचाइएका थिए ।

आउँदो भदौ २६ मा रिलिज हुन लागेको चलचित्रमा झरना थापाको निर्देशकीय क्षमता देख्न सकिनेछ । चलचित्रमा साम्राज्ञी राज्य लक्ष्मी शाह, सलिनमान बानियाँ, सलोन बस्नेत, अम्बर सुबेदी लगायतका कलाकारको अभिनय रहेको छ ।
सुन्नुस् गीतः