२८ जेठ २०८३, बिहीबार

८९ अतिवादी मारिए

साउन १७, २०७८
८९ अतिवादी मारिए

इजिप्टको सेनाले पछिल्लो समयमा थप ८९ अतिवादीहरू मारिएको दाबी गरेको छ ।

अति खतरा मानिएका अतिवादीहरू देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने उत्तर सिनाइमा मारिएको सेनाले आइतबार जानकारी दिएको छ ।

सुरक्षाकर्मीहरूले घटनास्थलबाट अतिवादी लडाकूहरूले प्रयोग गरेका विस्फोटक पदार्थ, सवारी साधन, हातहतियारलगायत बरामद गरेको पनि सेनाले जनाएको छ । 

अतिवादीहरूका गतिविधि न्यूनीकरण गराउने अभियानअन्तर्गत सुरक्षा कारबाही गर्दा उनीहरूको मृत्यु भएको सेनाद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । 

घटनामा परी सुरक्षाकर्मीतर्फ पनि केही क्षति भएको सुरक्षा स्रोतले पुष्टि गरेको छ । वक्तव्यका अनुसार आठ सुरक्षाकर्मी घटनामा परेका हुन् । 

घटना भएको क्षेत्रमा लामो समयदेखि हिंसात्मक गतिविधिहरू हुँदै आएकाले नियन्त्रण गर्न सरकारले कडा कदम चाल्दै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्