०१ असार २०८३, सोमबार

करदेखि कमिसनसम्म– पेट्रोलको  मूल्य  कम्तीमा  १४० रुपैयाँसम्म  पुग्ने

साउन १८, २०७८
करदेखि कमिसनसम्म– पेट्रोलको  मूल्य  कम्तीमा  १४० रुपैयाँसम्म  पुग्ने

पेट्रोलियम पदार्थको मूल्य  बढ्ने  क्रम  रोकिएको  छैन  ।  विभिन्न  किसिमका  कर  र  कमिसन,  अन्तर्राष्ट्रिय  बजारमा कच्चा तेलको मूल्य वृद्धि र नेपाली मुद्राको  बढ्दो  अवमूल्यनले  पेट्रोलियम  पदार्थको मूल्य निरन्तर बढिरहेको छ । 
मूल्य वृद्धिसँगै  नेपाल  आयल  निगमको  घाटा  पनि  बढिरहेको छ । प्रतिलिटर १२८ रुपियाँ पुगेको पेट्रोलको  मूल्य  कम्तीमा  १४०  सम्म  पुग्ने  अनुमान गरिएको छ । नेपाल आयल निगमलाई प्राप्त पछिल्लो मूल्यसूचीअनुसार १५ दिनमा कुल एक अर्ब २१ करोड रुपियाँ घाटा भएको छ । 

पेट्रोलमा प्रतिलिटर १० रुपियाँ, डिजेलमा प्रतिलिटर पाँच रुपियाँ र एलपी ग्यासमा प्रतिलिटर ४४२ रुपियाँ घाटा भइरहेको निगमका प्रवक्ता विमितमणि उपाध्यायले जानकारी दिए । 
 अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७५ अमेरिकी डलर पुगेको छ । पेट्रोल डिजलमा खरिद मूल्यभन्दा बढी कर उठाइएको छ । पेट्रोलियम पदार्थको कर र कमिसनका कारणले पनि उपभोक्ता दोब्बर मूल्य तिर्न बाध्य छन् भने निगम घाटा बेहोर्न बाध्य छ ।

निगमले प्रतिलिटर ६९ रुपियाँ ८५ पैसामा  पेट्रोल  खरिद  गरेर  १२८  रुपियाँमा  बिक्री गरेको छ तर पेट्रोलबाट हाल प्रतिलिटर १० रुपियाँ घाटा भइरहेको प्रवक्ता उपाध्यायको भनाइ छ । निगमले डिजेल प्रतिलिटर ६४ रुपियाँ ६० पैसामा खरिद गरी १११ रुपियाँमा बिक्री गर्छ । खरिद  गरिएको  पेट्रोलियम  पदार्थमा  विभिन्न  कर  तथा  कमिसन  जोडिएका  छन्  । 

 निगमले  आफ्नो  प्रशासनिक  खर्च  भनेर प्रतिलिटर ६० पैसा उठाउँछ । ढुवानी भाडाबापत  प्रतिलिटर  चार  रुपियाँ  ५७  पैसा  लिइन्छ  ।  पम्पहरूलाई  कमिसन  प्रतिलिटर  तीन  रुपियाँ  ३९  पैसा  पेट्रोल  र  प्रतिलिटर  तीन  रुपियाँ  १२  पैसा  डिजेलमा  दिइन्छ । पूर्वाधार विकास कर प्रतिलिटर १० रुपियाँ लिइन्छ । गोरखापत्रमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्