१५ असार २०८३, सोमबार

देउवाको ज्योतिषले दिए यस्तो चेतावनी

देउवाको ज्योतिषले दिए यस्तो चेतावनी

प्रधानमन्त्री शेरबहादुर देउवाबारे भविष्यवाणी गरेर चर्चामा ल्याएका ज्योतिष सुरेश चन्द्र रिजालले  हजारौं बर्ष अघि लेखिएका शास्त्रमा रहेर राजनीति नगर्न चेतावनी दिएका छन् । 
नागरिक अभियन्ता तथा पत्रकार नारायण वाग्लेको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै उनले यस्तो चेतावनी दिएका हुन् । 

'नागरिक अगुवाका रुपमा चिनिएका नारायण वाग्लेज्यूले आईतवार बालुवाटार पुगेर ज्योतिषीलाई सफल देखाउन नेताहरु लागि परेका छन् भन्ने अभिव्यक्तिप्रति  गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु', उनले सामाजिक सञ्जालमार्फत भनेका छन्,  'हजारौं बर्ष अघि लेखिएका शास्त्रमा रहेर राजनीति नगर्न सम्पूर्ण नागरिक अभियान्ता हरुलाई आग्रह गर्न चाहन्छु । '

उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री ज्योतिषीले बनाइदिएको नभइ ज्योतिष एउटा शक्तिशाली शास्त्र भएको जिकिर गरेका छन् ।  त्यहीँ शास्त्रको माध्यमबाट विभिन्न समयमा बन्ने राज योग ज्योतिष विद्यामार्फत हेरिने उनको भनाइ छ । 

राजनीति स्वार्थपूर्तिका लागि धार्मिक, सामाजिक रुपमा आँच आउने कुनै पनि कार्य गर्न र नगराउन उनको अनुरोध छ । 

salt training

कमेन्ट गर्नुहोस्