२६ जेठ २०८३, मंगलबार

किन बेस्सरी पड्किइन् किम जोङ उनकी बहिनी ?

साउन १८, २०७८
किन बेस्सरी पड्किइन् किम जोङ उनकी बहिनी ?

अमेरिका र दक्षिण कोरियाका सेनाले संयुक्त युद्धाभ्यास गर्न लाग्दा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी बहिनी यो जोङ कड्किएकी छन् । 

यस युद्धाभ्यासले कोरियाली प्रायद्वीपमा तनाव बढ्ने भन्दै उनले चेतावनी दिइन् । उत्तर र दक्षिण कोरियाबीच पारस्परिक विश्वास बहालीको प्रयासलाई यसले झड्का दिने पनि उनले बताइन् । 

दक्षिण कोरियासँगको सम्बन्ध हेर्ने जिम्मेवारी पाएकी यो जोङले भनिन्, ‘दक्षिण कोरिया र अमेरिकाका सेनाबीच युद्धाभ्यासको निर्धारित कार्यक्रम अघि बढ्ने अप्रिय खबर सुनेकी छु । यसले दुई कोरियाबीचको तनाव पुनः भड्किनेछ र थप राम्रो सम्बन्धको सम्भावना घट्नेछ ।’

यसैबीच दक्षिण कोरियाले प्रत्येक वर्ष गर्मी महिनामा गरिने युद्धाभ्यास कहाँ र कहिले गर्ने भनी अमेरिकासँग सल्लाह गरिरहेको खबर आएको छ । उत्तर कोरियासँग सम्बन्ध नबिग्रोस् भनी यस्तो सल्लाह दक्षिणले गरेको हो । 

अघिल्लो साता उत्तर र दक्षिण कोरियाले पारस्परिक संवाद पुनः बहाल गर्नका लागि सहमति जनाएका थिए । हटलाइन पुनः स्थापना गरिने भएको हो । एक वर्षअघि उत्तरले संयुक्त सञ्चार कार्यालयलाई विस्फोटक पदार्थमार्फत उडाएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्