२४ जेठ २०८३, आइतबार

भारतमा कोरोनाको तेस्रो लहर यसै महिना चल्ने विज्ञको पूर्वानुमान, २ महिनासम्म उत्कर्षमा !

साउन १८, २०७८
भारतमा कोरोनाको तेस्रो लहर यसै महिना चल्ने विज्ञको पूर्वानुमान, २ महिनासम्म उत्कर्षमा !
प्रतिकात्मक तस्वीर

भारतको कोरोना भाइरस संक्रमणको तेस्रो लहर यसै महिना अर्थात् अगस्तमै चल्ने विज्ञले पूर्वानुमान गरेका छन् । 

आईआईटी हैदराबाद र कानपुरका शोधकर्ताका आधारमा प्रकाशित ब्लूमबर्गको रिपोर्टअनुसार तेस्रो लहर अगस्तमै शुरू भएर अक्टोबरमा उत्कर्षमा पुग्ने छ । शोधमा शोधार्थी मधुकुमल्ली विद्यासागर र मनिंद्र अग्रवाल सहभागी रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोनाको दोस्रो लहरबारे यी शोधार्थीले गरेको पूर्वानुमान ठ्याक्कै मिलेको थियो । 

शोधकर्ताले तेस्रो लहरबाट हुनसक्ने क्षति कम गर्न खोप अभियानलाई तीब्र बनाउन सुझाव दिएका छन् । भारतमा एकैदिन १७ लाख ६ हजार ५९८ व्यक्तिलाई कोरोना विरुद्धको खोप लगाइएको छ भने हालसम्म कूल ४७ करोड २२ लाख २३ हजार ६३९ जनालाई खोप लगाइएको जनाइएको छ ।

शोधकर्ताको पूर्वानुमान अनुसार तेस्रो लहर दोस्रो लहरजस्तो घातक हुने छैन तर सावधानी भने पर्याप्त अपनाउनुपर्नेछ । दोस्रो लहरमा दैनिक १/१ लाख नयाँ संक्रमित देखिनसक्ने अनुमान गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्