३१ जेठ २०८३, आइतबार
लुम्बिनीमा राजनीतिक संकट

लुम्बिनीमा नयाँ सरकारका लागि आह्वानको माग गर्दै विपक्षीले प्रदेश प्रमुखलाई बुझाए हस्ताक्षर

लुम्बिनीमा नयाँ सरकारका लागि आह्वानको माग गर्दै विपक्षीले प्रदेश प्रमुखलाई बुझाए हस्ताक्षर

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई हटाउन माग गर्दै विपक्षी गठबन्धनले प्रदेश प्रमुख अमिक शेरचनलाई बहुमत सांसदको हस्ताक्षर बुझाएको छ ।

पोखरेललाई हटाएर संविधानको धारा १६८ (२) बमोजिमको सरकार गठनका लागि आह्वान गर्न माग गर्दै विपक्षी गठबन्धनले हस्ताक्षर बुझाएको हो ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा र राष्ट्रिय जनमोर्चाका सांसद प्रदेश प्रमुख कार्यालय पुगेर हस्ताक्षर बुझाएका हुन् ।

एमाले संसदीय दलका नेता पोखरेल संविधानको धारा १६८ को धारा १ अन्तर्गत मुख्यमन्त्री नियुक्त भएका थिए । 

पोखरेलले एकल बहुमतको हैसियत गुमाएको र गठबन्धनका रूपमा पनि बहुमतमा नरहेकाले नयाँ सरकार गठनको प्रक्रिया शुरू हुनुपर्ने विपक्षी गठबन्धनको जिकिर छ । 

विपक्षी गठबन्धनले माओवादी केन्द्रका कुलप्रसाद केसी स्वनामलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेको छ । प्रदेश सभामा जसपाबाट कारवाहीमा परेका ३ सांसद्लाई नगन्दा ८० सदस्य छन् ।

यद्यपि कारवाहीमा परेका तीन सांसद सर्वोच्च अदालत जाने तयारीमा छन् ।  

जसपाका ३ सांसद पदमुक्त भइसकेकाले ४१ सांसदले बहुमत पुग्ने विपक्षी गठबन्धनको जिकिर छ ।

 

salt training

कमेन्ट गर्नुहोस्