
नेदरल्यान्ड्सकी धाविका सिफन हसन टोक्यो ओलम्पिकको १५ सय मिटरको हीटमा अन्तिम ल्यापमा लडे पनि दौड जित्न सफल भएकी छन् ।
दौड पूरा हुन ३८० मिटर बाँकी रहेको भए पनि गोडा अल्झिएर उनी लडिन् । त्यसले गर्दा उनी प्रतिस्पर्धीहरूसँग २५ मिटर पछि परिन् ।
तर ती २८ वर्षीया खेलाडी तत्कालै उठिन् र दौडिन थालिन् । उनले ४ मिनेट ५.१७ सेकेन्डमा दौड पूरा गरिन् ।
बुधवार हुने सेमीफाइनलमा हसनले प्रतिस्पर्धा गर्नेछिन् । शुक्रवार हुने फाइनलमा पुग्न उनले सेमीफाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा राखेकी छन् ।
हसनले १५ सय मिटरसँगै ५ हजार र १० हजार मिटरमा पनि स्वर्ण पदका लागि प्रतिस्पर्धा गरिरहेकी छन् ।
Sifan Hassan got knocked down, but she got up again! 🤯
Incredible to get back and qualify for the 1500m semi-finals after a big collision.
Watch: https://t.co/HVMmuH0MvH
📲 Live on @BBCOne and @BBCiPlayer #bbcolympics #tokyo2020 pic.twitter.com/34flZnmf0N— BBC Sport (@BBCSport) August 2, 2021