
भारतको सत्तारूढ दलका भारतीय जनता पार्टीका तर्फबाट बिहारमा मन्त्री रहेका सम्राट चौधरीले आगामी १० वर्षका लागि प्रधानमन्त्री पद खाली नरहेको बताएका छन् ।
मोदी नै अझै एक दशकभन्दा पनि बढी प्रधानमन्त्री रहिरहने उनको भनाइ छ ।
जनता दल (युनाइटेड) का नेता उपेन्द्र कुशवाहाले बिहारका मुख्यमन्त्री नीतीश कुमार पनि प्रधानमन्त्री बन्न योग्य व्यक्ति हुन् भनी बयान दिएपछि चौधरीको भनाइ सार्वजनिक भएको हो ।
यससँगै भाजपाले बिहारको मुख्यमन्त्री पदका लागि पार्टीमा कैयौं योग्य व्यक्तिहरू भएको बताएको छ । त्यसमा कुशवाहाले जवाफ फर्काउँदै पाँच वर्षको कार्यकाल पूरा हुनुभन्दा एक घन्टा अघिसम्म पनि कसैले नीतीश कुमारलाई पदबाट हटाउन नसक्ने बताए ।
नीतीश कुमारले चाहिँ अहिल्यै प्रधानमन्त्री बन्नका लागि कुनै इच्छा नभएको बताएका छन् ।