२४ जेठ २०८३, आइतबार

भारतको एक मेडिकल कलेजको दाबी– आँसुबाट पनि फैलिन सक्छ कोरोना

भदौ २२, २०७८
भारतको एक मेडिकल कलेजको दाबी– आँसुबाट पनि फैलिन सक्छ कोरोना

भारतको अमृतसरमा रहेको राजकीय मेडिकल कलेजले एक अनुसन्धानमा दाबी गरेअनुसार, कोरोना संक्रमितहरूको आँसुबाट पनि संक्रमण फैलिने सम्भावना हुन्छ । 

त्यसो त कोरोना फैलिने मुख्य स्रोत सास फेर्दा आउने साना ड्रपलेट नै हुन् । तर अध्येताहरूले अन्य माध्यमबाट पनि कोरोना फैलिने जोखिमलाई बेवास्ता गर्न नमिल्ने बताएका छन् । 

ओक्युलर मेनिफेस्टेसन्स अर्थात् कुनै रोगका कारण आँखामा पर्ने असर भएका व्यक्तिलाई कोभिड लागेको छ भने अन्यमा संक्रमण फैलिने जोखिम रहन्छ । 

कलेजले कुल १२० जना कोरोना रोगीमा अध्ययन गरेको थियो । तीमध्ये ६० लाई ओक्युलर मेनिफेस्टेसन्स थियो । कुल १२० मध्ये लगभग ३७ प्रतिशतलाई हलुका कोभिड संक्रमण थियो भने बाँकी ६३ प्रतिशतलाई गम्भीर संक्रमण भएको थियो । 

यस अध्ययनका लागि रोगीको आरटीपीसीआर रिपोर्ट आएको ४८ घन्टाभित्र आँसुको नमूना संकलन गरिएको थियो। 

रोगीको स्याहार गर्ने मेडिकल स्टाफका लागि रोगीको आँसु संक्रमणको स्रोत हुन सक्ने भएकाले अध्ययनले सचेत गराएको हो । आँखा रोग विशेषज्ञहरूलाई बढी सचेत हुन भनिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्