
नेपाल चिकित्सक संघले 'स्वास्थ्य समता शुल्क' खारेज गर्न माग गरेको छ ।
निजी अस्पतालमा उपचार गर्ने बिरामीबाट 'स्वास्थ्य समता शुल्क' अन्तर्गत तीन प्रतिशत कर उठाउने सरकारको निर्णयले बिरामी र बिरामीका आफन्तमाथि थप आर्थिक भार पर्न गई ठूलो अन्याय हुने संघको ठहर छ ।
'उपचार गराउन आएका बिरामीहरूलाई बिरामी भएकोमा समेत कर उठाउनुले बिरामी र बिरामीका आफन्तमाथि थप आर्थिक भार पर्न गई ठूलो अन्याय हुने संघको ठहर छ,' संघका महासचिव डा. सञ्जीव तिवारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'विगतमा नेपाल चिकित्सक संघको पहलमा कर उठाउने निर्णय फिर्ता गरिएकोमा यस वर्ष फेरि उक्त निर्णय गरिनु खेदजनक रहेको छ। उक्त निर्णयले बिरामीलाई थप आर्थिक भार पर्न गई अन्याय हुने हुनाले अविलम्ब खारेज गर्न नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ।'
