१० साउन २०८३, आइतबार

ओलम्पिक महिला फूटबल : अमेरिकालाई हराउँदै क्यानडा फाइनलमा

साउन १८, २०७८
ओलम्पिक महिला फूटबल : अमेरिकालाई हराउँदै क्यानडा फाइनलमा

टोक्यो ओलम्पिकमा महिला फूटबलको सेमीफाइनल खेलमा सोमवार क्यानडाले अमेरिकालाई १–० ले हराएको छ । 

पेनाल्टीमा गरेको गोलको मद्दतले क्यानडा फाइनलमा पुगेको हो । 

स्विडेन र अस्ट्रेलियाबीच हुने दोस्रो सेमीफाइनलको विजेतासँग क्यानडा स्वर्ण पदका लागि भिड्नेछ भने अमेरिकाले कास्य पदकका लागि खेल्नेछ । 

क्यानडाकी जेस्सी फ्लेमिङले खेलको ७५औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेकी हुन् । अमेरिकाकी डिफेन्डर टिएर्ना डेभिडसनले क्यानडाकी फर्वाडए डियान रोजलाई बक्समा लडाएपछि रेफ्रीले भार समीक्षा गरेर पेनाल्टीको निर्णय दिएका हुन् । 

क्यानडाले अमेरिकाले २० वर्षमा पहिलोपटक हराएको हो । 

salt training

कमेन्ट गर्नुहोस्