०८ साउन २०८३, शुक्रबार

राष्ट्रिय सभाबाट २ विधेयक पारित

साउन १८, २०७८
राष्ट्रिय सभाबाट २ विधेयक पारित
फाइल फोटो

राष्ट्रिय सभामा स्टान्डर्ड नाप र तौल (पाचौं संशोधन) विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन पेश गरिएको छ ।

विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले समितिको प्रतिवेदन सभामा समक्ष पेश गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल हवाई सेवा प्राधिकरण २०७६ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ लाई पारित गरियोस् भनी राखेको प्रस्तावलाई सभाले सर्वसम्मतिले अनुमोदन गर्‍यो ।

यसअघि बैठकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०७६ र नेपाल नागरिक उडडयन प्राधिकरण विधेयक २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिएको थियो ।
 
यसैगरी, राष्ट्रिय सभामा पूर्व प्रतिनिधिसभा सदस्य अकबरबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गरिएको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सिंहको निधनप्रति शोक प्रस्ताव पारित गरियोस् भनी राखेको प्रस्तावलाई सभाले अनुमोदन गरेको छ ।

उनको निधनप्रति सभामा १ मिनेट मौनधारणका साथ श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरियो । 

राष्ट्रिय सभाको अर्काे बैठक साउन २० गते बुधवार दिनको १ बजे बस्ने छ ।

salt training

कमेन्ट गर्नुहोस्