१५ असार २०८३, सोमबार

सिप्रदी र एनएमबि बैंकबीच नेक्सन इभीका लागि सहुलियतपूर्ण कर्जा दिन सहमति

सिप्रदी र एनएमबि बैंकबीच नेक्सन इभीका लागि सहुलियतपूर्ण कर्जा दिन सहमति

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी  ट्रेडिङ्ग  प्रा. लि. र एनएमबि बैंक लिमिटेडबीच सम्झौता भएको छ । 

अब टाटा मोटर्सको इलेक्ट्रीक भेहिकल नेक्सन इभी खरिद गर्न चाहने खरिदकर्ताले बैंकको नेपालभरीका शाखाहरुमार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् ।

उक्त कर्जा सम्झौताअन्तर्गत नेक्सन इभी खरिद गर्न इच्छुक हुने व्यक्ति तथा संस्थाहरुले शुन्य प्रतिशत प्रिमियम सहित बैंकको बेस रेट ब्याजदरमा बैंकको नेपालभरीका शाखाहरु मार्फत कर्जा प्राप्त गर्न सक्नेछन् । 

यस अन्तर्गत बैंकले २४ कार्य घण्टाभित्र ८० प्रतिशत सम्म फाईनान्सको सुविधा उपलब्ध गराउनेछ । 

उक्त सम्झौतापत्रमा सिप्रदीका तर्फबाट प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापति र बैंकका तर्फबाट व्यापार तथा रणनीति प्रमुख अधिकृत सुदेश उपाध्यायले एक कार्यक्रमबीच हस्ताक्षर गरेका छन् ।

टाटाका गाडी खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाहरुलाई सहज रुपले नेपाल राष्ट्र बैंकको कार्यविधि भित्र रहेर कर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

नेपाल राष्ट्र बैंकद्वारा बैंक तथा वित्तिय संस्थाहरुलाई जारी गरिएको निर्देशन,परिपत्र तथा बैंकको नीतिअनुसार ग्राहकहरुलाई सहुलियत पूर्ण कर्जा उपलब्ध गराइने सहमतिमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्