१६ असार २०८३, मंगलबार

अमेरिकाको निर्णयले तनावमा अफगानिस्तान !

साउन १८, २०७८
अमेरिकाको निर्णयले तनावमा अफगानिस्तान !

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले अमेरिकाले आफ्नो फौज फिर्ता लिने ‘आकस्मिक’ निर्णय देशको खस्कँदो सुरक्षास्थितिको प्रमुख कारक भएको सोमबार बताएका छन् ।

“हाम्रो वर्तमान अवस्थाको कारक अमेरिकी नेतृत्वको  रहेको उत्तर एटलान्टिक सैनिक सङ्गठन सेनालाई अफगानिस्तानबाट फिर्ता गर्ने निर्णय हो,” उनले अफगान संसदमा भने । उनले वासिङ्टनलाई यो निकासले गलत ‘परिणाम’ ल्याउने चेतावनी दिएको टोलो न्युजले लेखेको छ । राष्ट्रपति घानीले राष्ट्रिय सभाको विशेष सत्रमा अफगानिस्तानले अस्तित्वको परीक्षणको सामना गरिरहेको र यो परीक्षण सफलतापूर्वक पारित गर्न देश एकजुट हुनुपर्ने कुरा बताए ।

घानीले मुलुकको सुरक्षा अवस्था सुधारका लागि ६ महिने सुरक्षा योजना को सुरुवात गर्ने घोषणा पनि गरेका छन् । उनले अफगानिस्तानमा विदेशी सैन्य उपस्थितिको अवधि समाप्त भएको र अब अफगानीहरूले आफ्नो भविष्य निर्धारण गर्ने जिम्मेवारी भएको बताए ।

संसदका दुवै सदनका सदस्यहरूलाई सम्बोधन गर्दै घानीले देशले देशभरि हजारौंसँग सम्पर्क भएका तालिबानबाट ‘आक्रमण’ को सामना गरिरहेको र शासनको रक्षा गर्न अफगान सेनालाई जुटाउनु आवश्यक रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्