०५ असार २०८३, शुक्रबार

अस्ट्रेलियामा बस्ने नेपालीद्वारा बाढीपीडितलाई सहयोग

साउन १८, २०७८
अस्ट्रेलियामा बस्ने नेपालीद्वारा बाढीपीडितलाई सहयोग

अस्ट्रेलियामा  बस्दै आएका नेपालीले मेलम्चीका बाढीपीडितलाई सहयोग गरेको छ ।  

मेलम्ची नगरपालिका–११ स्थायी घर भई हाल अस्टे«लियामा बस्दै आउनुभएका देवराज दुलालको सक्रियतामा सङ्कलित रकममध्ये रु दुई लाख ७५ हजार मेलम्चीका बाढीपीडितहरुलाई सहयोग गरिएको हो । एनआरएनए अस्ट्रेलिया सिड्नी, भिजन फर मोटिभेशन असपाली ग्रुप तथा नेपालीहरुबाट सो रकम सङ्कलन गरी बाढीपीडितहरुका लागि पठाइएको वितरणमा सहजीकरण गर्नुहुने चुडामणि दुलालले जानकारी दिए ।

    यसअघि नै एनआरएनएबाट नगरको राहत कोषमा जम्मा गरिएको ८५ हजार र आज ५० हजार गरी रु एक लाख ३५ हजार प्रदान गरिएको छ भने बजार व्यवस्थापन समितिलाई ५० हजार र रेडियो मेलम्चीलाई २० हजार प्रदान गरिएको छ । मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याललाई सोमबार चुडामणि दुलाल र योगप्रसाद दुलालले सो सहयोग राशिको चेक हस्तान्तरण गरे ।

    सो अवसरमा प्रमुख अर्यालले सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरे ।

salt training

कमेन्ट गर्नुहोस्