२३ असार २०८३, मंगलबार
मिल्ला त विवाद ?

केपी ओली र माधव नेपाल वार्ताका लागि तयार

साउन १८, २०७८
केपी ओली र माधव नेपाल वार्ताका लागि तयार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वरिष्ठ नेता माधव कुमार नेपालबीच साउन १९ गते भेटवार्ता हुने तय भएको छ ।

नेकपा एमालेको आन्तरिक विवाद समाधानको लागि दुई नेता बीच छलफल हुन लागेको हो ।

नेकपा एमालेका स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङले भोलि दुई नेताबीच छलफल हुने तय भएको जानकारी दिए ।

‘दुई नेताहरु बीचमा भोलि भेट हुन्छ । ठाउँ र समय भने यकिन भएको छैन’, नेम्वाङले लोकान्तरसँग भने ।

आज बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले पनि पार्टीमा जारी विवाद समाधानको लागि सम्भावित विकल्पमा छलफल गर्ने निर्णय गरेको थियो ।

बैठकमा भएको छलफलको विषयमा जानकारी दिदैं नेता रघुजी पन्तले चाडै अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचमा भेटवार्ता हुने बताएका थिए ।

पार्टीको विवाद समाधान गरेर एकतावद्ध बनाउनको लागि दोस्रो तहका नेताहरु निरन्तर प्रयासमा छन् । विगत दुई सातादेखि ओली र नेपालको भेट गराएर छलफल गराउने दोस्रो तहका नेताहरुले प्रयास गरेपछि सफल हुन सकेका छैनन् ।

भोली ओली र नेपाल छलफलमा बस्न तयार भएको ओली र नेपाल दुवै पक्षका नेताहरुले बताएका छन् ।

पार्टी विवाद समाधान गरेर एकतावद्ध हुन एमालेका दोस्रो र तेस्रो पुस्ताका नेताहरुको तीब्र दवाव छ ।  

salt training

कमेन्ट गर्नुहोस्