१० साउन २०८३, आइतबार

विवादमा तानिएका दुर्गेश थापा भन्छन्- ममाथि ठूलो अन्याय भयो

विवादमा तानिएका दुर्गेश थापा भन्छन्- ममाथि ठूलो अन्याय भयो

गीतहरूमा प्रयोग गर्ने  शब्दका कारण विवादमा आइरहने नाम हो - दुर्गेश थापा। मोडलिङबाट आफ्नो करिअर सुरु गरेका थापा रहरै रहरमा आफूले गीत गाउन थालेको बताउँछन्।

हालसालै  तीजको गीत  ‘बीच्च–बीच्चमा ४–  ख्यास्स पुतली’लाई लिएर राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले गायक तथा मोडेल  दुर्गेश थापालाई बहिष्कार गर्ने निर्णय गरेसँगै थापा फेरि एकपटक विवादित हुन पुगेका छन्।

गीतमा प्रयोग गरिएका आपत्तिजनक शब्दहरू फेरबदल गरी प्रस्तुत हुन अनुरोध गरिएको तर, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको ध्यानाकर्षण पत्रलाई  कुनै वास्ता नगरेको आरोप गायक थापालाई लागेको छ।

तर थापाले भने आफूलाई राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले गीतको शब्दको बारेमा कुनै औपचारिक आग्रह नगरेको बताएका छन्। उनले भनेका छन् - मैले गीत हटाउन पनि सक्थेँ, मलाई एकचोटी प्रतिष्ठानमा बोलाएर सल्लाह पनि गर्न सक्थे तर  आजको दिन सम्म कसैले त्यस्तो गरेका छैनन्।

“उहाँहरु सिनियर हो, यति ठुलो निर्णय लिनु होला भन्ने लागेको थिएन,  ५- ६ महिना अगाडि मैले गीतको पोस्टर रिलिज गरेको थिएँ, त्यतिखेर मलाई कसैले केही भनेनन्, आज गीत रिलिज भइसकेपछि म माथि ठुलो अन्याय भएको छ,'' थापा भन्छन् - “प्रतिष्ठान भनेको घर हो, अदालत हैन। मलाई लोक दोहोरी प्रतिष्ठानले कार्यक्रम दिने हैन, मलाई कार्यक्रम दिने दर्शकहरुले हो।”
आफूलाई नबोलाइ सल्लाह नै नगरी प्रतिष्ठानले कसैलाई काखा कसैलाई पाखा गरेको उनले गुनासो गरेका छन्। पूर्वाग्रही ढंगले आफूमाथि प्रतिष्ठान खनिएको भन्दै थापाले आफूलाई  दर्शक बाहेक अरु कसैको  मतलब नभएको बताएका छन्।

salt training

कमेन्ट गर्नुहोस्