०८ साउन २०८३, शुक्रबार

एन्फा प्रवक्ताले एकाएक किन दिए राजीनामा ?

एन्फा प्रवक्ताले एकाएक किन दिए राजीनामा ?

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का केन्द्रीय सदस्य किरण राईले प्रवक्ता पदबाट आज एकाएक राजीनामा दिएका छन् ।

    राईले सातदोबाटोस्थित एन्फाको मुख्यालयमा पुगेर अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रवक्ता पदबाट दिएको राजीनामा पत्र बुझाएका हुन् ।

पछिल्लो समय एन्फा कार्यसमिति दुई खेमामा बाँडिदा तटस्थ देखिएका राईले केन्द्रीय सदस्यको भूमिकामा फुटबलमा सक्रिय भएर लाग्नका लागि राजीनामा दिएको बताए । उनले आफू कुनै खेमामा पनि नजाने भन्दै आफूसँग सहीलाई सही र गलतलाई गलत भन्नसक्ने हैसियत भएको दाबी गरे ।

राईले एन्फा नेतृत्वको टकराबका कारण फुटबलको हित नहुने भन्दै वर्तमान फुटबलको समाधान चुनावबाट मात्र निस्कने बताए।

राईले पछिल्लो केन्द्रीय समिति बैठकको निर्णयमा समेत आपत्ति जनाएका थिए । फुटबलभित्रको विवाद एन्फाभित्रै समाधान खोजिनुपर्नेमा युवा तथा खेलकुद मन्त्रालयलाई छानबिनका लागि सिफारिस गर्ने एन्फाको निर्णय राम्रो नभएको उनले उल्लेख गरे ।  

salt training

कमेन्ट गर्नुहोस्