
काठमाडौं, २८ जेठ - भरतपुर प्रकरण सम्बन्धि मुद्दा सर्वोच्च अदालतले हेर्न नभ्याइएको सूचीमा राखेको छ । आजको लागि पेशी चढेको उक्त मुद्दा १७ औं नम्बरमा थियो । न्यायाधीश विश्वभर श्रेष्ठ र प्रकाशमान सिंह राउतको बेञ्चमा परेको उक्त हेर्न नभ्याइएको सूचीमा परेको छ ।
बेञ्चले हेर्न नभ्याएपछि उक्त मुद्दा थप केही दिन विचाराधिन रहने भएको छ । यस अघि न्यायाधीश चालेन्द्र शमसेर जवराले २८ गते सम्मका लागि अन्तरकालिन आदेश दिएका थिए । भरतपुरमा मत गन्दै गर्दा मत पत्र च्यातिएपछि निर्वाचन आयोगले पुनः निर्वाचन गराउने निर्णय गरेको थियो । सो निर्णयको विरुद्ध एमाले कार्यकर्ता अदालत गएका थिए ।
भरतपुरका विषयमा अदालतबाट अाज आदेश आउने अपक्षा गरिएको थियो । तर उक्त मुद्दाको विषयमा आज आदेश नआउने लगभग टुंगो लागेको छ ।