०५ असार २०८३, शुक्रबार

बुटवल-तानसेन सडक खण्डमा पहिरोले गाडी पुर्दा एक जनाको मृत्यु

बुटवल-तानसेन सडक खण्डमा पहिरोले गाडी पुर्दा एक जनाको मृत्यु

सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडक खण्डमा पहिरोले गाडी पुर्दा एक जनाको मृत्यु भएको छ । स्याङ्जाबाट बुटवल आउँदै गरेको लु २ च ७३८७ नम्बरको बोलेरो सिद्ध बाबा नजिक हेडवक्समा गाडीमाथि पहिरो खसेको थियो ।

सोमबार साँझ ७ बजेतिर भएको घटनामा अन्दाजी २२ बर्षका चालक स्याङ्जा वालिङका आशिष खाँण ठकुरीको मृत्यु भएको प्रहरीले बताएको छ । अन्य दुई जना सामान्य घाइते भएका छन् ।
शव र घाइतेलाई लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएको छ । पहिरो खसेपछि केहीबेर अवरूद्ध भएको सडक पुनः सञ्चालनमा आइसकेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्