
गण्डकी र प्रदेश नम्बर २ बाहेकका अन्य प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मंगलबार दिउँसो प्रदेश १, बागमती , गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको हो ।
यस्तै अन्य स्थानमा पनि सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यसैगरी राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। दिउँसो जस्तै राति पनि प्रदेश नं १,बागमती, गण्डकी र लुम्विनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
महाशाखा अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ।