२५ असार २०८३, बिहीबार

‘इन्क्ड ह्यापिनेस लाइफटाइम अचिभमेन्ट अवार्ड’ कमबम जनार्दनलाई

‘इन्क्ड ह्यापिनेस लाइफटाइम अचिभमेन्ट अवार्ड’ कमबम जनार्दनलाई

फाउन्टेन पेन प्रेमीको विश्वव्यापी समूह इन्क्ड ह्यापिनेसले तेस्रो ‘इन्क्ड ह्यापिनेस लाइफटाइम अचिभमेन्ट अवार्ड’ कमबम चक्रपाणि (केसी)  जनार्दनलाई प्रदान गरेको छ ।

फाउन्टेन पेन प्रेमी जनार्दनलाई जुम प्रविधिबाट आयोजित कार्यक्रममा अवार्ड प्रदान गरिएको हो । पूर्वप्रधानमन्त्री सुशील कोइरालाको नाममा खुलेको सुशील कोइराला मेमोरियल फाउन्डेशनको सल्लाहकारसमेत रहेका जनार्दनलाई सोमबार सम्मान गरिएको सदस्यसचिव अतुल कोइरालाले जानकारी दिए। पूर्वप्रधानमन्त्री कोइरालासमेत फाउन्टेन पेन प्रेमी एवं समूहको सदस्यका रूपमा जीवनकालमा क्रियाशील रहेको फाउन्डेशनले जनाएको छ ।

    राहदानीमा आफ्नै हस्ताक्षरले लेख्ने, बुबाको मृत्यु प्रमाणपत्र आफ्नै हस्ताक्षरमा बनाउने अद्भुत शक्तिका जनार्दन ३० वर्षदेखि राम्रो लेखनशैली बनाउने विश्वव्यापी अभियानमा लागेका छन् । हस्ताक्षर, क्यालिग्राफी (डिजाइनिङ हस्ताक्षर) लगायत क्षेत्रमा उनले विशिष्ट योगदान गरेकाले अवार्ड दिने निर्णय गरिएको ह्यापिनेसका अध्यक्ष शुभव्रतो गाङ्गुली बताए । गाङ्गुली पनि ३० वर्षदेखि फाउन्टेन पेनको सङ्कलन गरी हस्तलेखन शैली सुधार्ने अभियानमा सक्रिय छन् ।

    कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका आर्थिक सल्लाहकार एवं फाउन्टेन पेन प्रेमी विवेक देवराय, सुशील कोइराला मेमोरियल फाउन्डेशनका सदस्यसचिव कोइराला, भारतीय मूलका बेलायती सांसद वीरेन्द्र शर्मा, हार्वर्ड विश्वविद्यालयका लेखक एवं वैज्ञानिक डा शोभन रोयलगायतले प्रभावशाली शिक्षा कसरी जनतामा लैजान सकिन्छ भनी राम्रो लेखन शैली चलाइएकामा जोड दिएका थिए । यो अवार्ड पहिलोपटक युसुफ मन्सुर र दोस्रोपटक सुधीर कल्याणीकरले प्राप्त गरिसकेका छन् । जनार्दन यो अवार्ड पाउने तेस्रो फाउन्टेन पेन प्रेमी छन्।
 

salt training

कमेन्ट गर्नुहोस्