०६ असार २०८३, शनिबार

चट्याङ लागेर बालकको मृत्यु

साउन १९, २०७८
चट्याङ लागेर बालकको मृत्यु
प्रतिकात्मक तस्वीर

चट्याङ लागेर बैतडीमा १ बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका–९ मङरुका ९ वर्षीय भरतराम कोली रहेका बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।

सोमवार साँझ करीब ७ बजेतिर नजिकै रहेको पँधेरोमा पानी भर्न गएका बेला भरतलाई चट्याङ लागेको प्रहरीले जनाएको छ । चट्याङ लागेका बालककोे घटनास्थलमै मृत्यु भएको हो ।

उनीसँगै पानी भर्न गएकी एक बालिका भने सकुशल रहेकी छन् । घटनास्थलमै रहेको शवको परीक्षण मंगलवार गरिने प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्