
काठमाडौं, २८ जेठ - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंंहले कांग्रेसको नेतृतवमा बनेको सरकारले अब बाँकी रहेका सबै चरणको निर्वाचन गर्ने बताएका छन् । नेपाल महिला संघले काठमाडौंमा निर्वाचित भएका जनप्रनिधिलाई बधाई ज्ञापन गर्न आयोजना गरेकोको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेृतवमा बनेको सरकार समक्ष धेरै खाले चुनौति रहे पनि सिंगो पार्टी एक भएर त्यसलाई समाधान गर्ने बताए । साथै उनले देशलाई निकास दिँदै असहमत पक्षहरुलाई सहमतिमा ल्याउनने पनि बताए ।
अहिले निर्वाचित जन प्रतिनिधि बाट नै नागरिकले वास्तविक सरकारको अनुभूति गर्न सक्ने भएकाले जनचाहाना अनुरुप प्रभावकारी काम गरेर देखाउन समेत अपिल गरेका छन् ।
कांग्रेस को तर्फबाट जितेका नेताहरुले गर्ने ब्यवहारले जनता ले कांग्रेस लाई हेर्ने दृष्टिकोण तय हुने भयकाले अत्यनतै संयम र जिम्मेवार भएर काम गर्न समेत आग्रह गरेका छन् ।