१९ असार २०८३, शुक्रबार
एसएसबीले तुइन काटेको प्रकरण

दार्चुला घटनाबारे सदनमा एमालेको प्रश्न– सरकारले भारतीय राजदूतलाई बोलाएर किन विरोध जनाउँदैन ?

दार्चुला घटनाबारे सदनमा एमालेको प्रश्न– सरकारले भारतीय राजदूतलाई बोलाएर किन विरोध जनाउँदैन ?
फाइल फोटो

दार्चुलामा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काटेर नेपाली नागरिक महाकाली नदीमा बेपत्ता भएको घटनालाई लिएर एमालेले सदनमा सरकारको जवाफ माग गरेको छ । 

मंगलवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै समय लिएर एमालेका गणेश ठगुन्नाले घटनाका सम्बन्धमा भारतीय राजदूतलाई बोलाएर औपचारिक विरोध जनाउन माग गरेका हुन् ।

बैठकको शुरूमै एमाले सांसदहरू उभिएर दार्चुला घटनाका सम्बन्धमा ध्यानाकर्षण गर्न समय मागेका थिए । 

सांसद ठगुन्नाले दार्चुला घटनाको विषयलाई लिएर संसदीय छानबिन समिति गठन गर्न तथा भारतसँग औपचारिक विरोध गर्न सरकारको ध्यानाकर्षण गराए । 

प्रत्यक्षदर्शीहरू स्वयंले एसएसबीले तुइन काटेको बताएको र आफन्तले भारतीय थानामा गएर उजुरी दिएको समयमा भारतीय राजदूतलाई बोलाएर विरोध जनाउन नसकेको भन्दै उनले सरकारको आलोचना गरे । एमालेले प्रशासनिक कर्मचारीको छानबिन समिति गठन गरेको भन्दै घटना ढाकछोप गर्न खोजेको आरोप लगाएको छ । 

‘दार्चुला घटना सम्बन्धमा संसदीय छानबिन गरियोस्, भारतसँग औपचारिक विरोध गरियोस्,’ ठगुन्नाले भने । 
 

salt training

कमेन्ट गर्नुहोस्