०५ साउन २०८३, मंगलबार

गृहमन्त्रीलाई गगन थापाको प्रश्न- भारतले इटालीसँग जस्तै दार्चुला घटनामा नेपालले भारतसँग लड्छ भन्ने विश्वास कसरी दिलाउनु हुन्छ ?

गृहमन्त्रीलाई गगन थापाको प्रश्न- भारतले इटालीसँग जस्तै दार्चुला घटनामा नेपालले भारतसँग लड्छ भन्ने विश्वास कसरी दिलाउनु हुन्छ ?
फाइल तस्वीर।

नेपाली कांग्रेसका सांसद गगन थापाले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको सम्बन्धमा दोषीमाथि कारवाहीका लागि भारत सरकारसँग कूटनीतिक लडाईं लड्नेबारे सरकारको जवाफ माग गरेका छन् । 

मंगलवार प्रतिनिधि सभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणसँगको प्रश्नोत्तरमा कांग्रेस सांसद थापाले सन् २०१२ मा भारतको केरलामा इटालीका सेनाको गोलीबाट दुईजना माझी मारिएको घटनाको स्मरण गराएका हुन् । 

‘सन् २०१२ मा भारतको केरलामा इटालीका मरिनहरूको गोलीबाट  दुई जना भारतीय मछुवाको हत्या हुँदा भारतीय सरकारले तीन चार वर्षसम्म लगातार लड्यो, आफ्ना दुई जना नागरिकको हत्या भयो भनेर लड्यो,’ सांसद थापाले भने, ‘जयसिंह धामीको सम्बन्धमा सत्यतथ्य बाहिर आइसकेपछाडि जसरी भारत सरकार इटालीसँग लड्यो, हाम्रो सरकार भारतसँग त्यसैगरी जमेर, डटेर लड्छ भन्ने कुराको विश्वास माननीय गृहमन्त्रीज्यूले हामीलाई कसरी दिलाउनु हुन्छ ?’

salt training

कमेन्ट गर्नुहोस्