११ असार २०८३, बिहीबार

खोप अभियानमा अमेरिकालाई यूरोपले उछिन्यो

साउन १९, २०७८
खोप अभियानमा अमेरिकालाई यूरोपले उछिन्यो

युरोपेली संघ (ईयू) को आधा जनसङ्ख्याले कोभिड–१९ विरूद्धको  खोप लगाईसकेको छ । एएफपीको मङ्गलबारको एक अध्ययन रिपोर्ट अनुसार कोभिड–१९ विरूद्धको खोप अभियानमा ईयू संयुक्त राज्य अमेरिकाभन्दा अगाडि रहेको पाइएको छ ।

ईयूका २७ सदस्य राष्ट्रमा झण्डै २२ करोड ४० लाख व्यक्तिले कोभिड–१९ विरूद्धको खोप लिएका छन् । यसमध्ये स्पेनमा ५८.३ प्रतिशत जनसङ्ख्याले खोप लगाएर ठूला देशका कार्यक्रमलाई अग्रता दिएको छ । त्यसपछि इटाली मा ५४.४ प्रतिशत, फ्रान्स ५२.९ प्रतिशत र जर्मनी ५२.२ प्रतिशतले खोप लगाइसकेका छन् । यस तथ्याङ्कको अर्थ कोभिड–१९ विरुद्धको खोप अभियानमा अहिले अमेरिकाभन्दा पनि अगाडि यूरोप रहेको मान्न सकिन्छ ।

अमेरिकी जनसङ्ख्याको करिब ४९.७ प्रतिशत मानिसहरूलाई खोपको पूर्ण मात्रा लगाइएको छ तर विशेष गरी दक्षिणपश्चिमी र मध्यपश्चिमी यूरोपेली मुलुकहरूमा खोप अभियान सुस्त देखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्