
नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बिहीबार बस्ने भएको छ ।
यसअघि बैठक बुधवारका लागि तय भएको थियो ।
बुधवारका लागि तय भएको बैठकमा काठमाडौं बाहिरबाट आउनुपर्ने नेताहरू नआइपुगेको भन्दै बैठक सारिएको हो ।
नेपाल पक्षको सोमबार बसेको बैठकले एकतामा जोड दिने निर्णय गरेको थियो ।
सोही बैठकमा बोल्दै नेपालले आफू एकताको पक्षमा रहेकाले त्यसका लागि अन्तिम समयसम्म लाग्ने बताएका थिए ।