
बुधवार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्यमा वृद्धि भएको छ ।
यस दिन छापावाल सुन प्रति तोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन सुन प्रति तोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदी १ हजार २ सय ८५ रुपैयाँ प्रति तोलामा कारोबार भइरहेको छ ।
अघिल्लो दिन चाँदी १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।