१० साउन २०८३, आइतबार

एमालेसँगको रिस भूमिहीनमाथि पोखियो : शंकर पोखरेल

एमालेसँगको रिस भूमिहीनमाथि पोखियो : शंकर पोखरेल

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले देउवा सरकारले एमालेसँगको रिस भूमिहीन दलित, सकुम्वासी र अव्यवस्थित बसोबासीमाथि पोखेको आरोप लगाएका छन् । 

‘एमालेसँगको रिस भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीमाथि पोख्नु सरकारको लाचारी हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । 

उनले गल्ती सच्याई आयोगलाई पुनः सक्रिय बनाउन सरकारलाई दबाब सिर्जना गर्न आह्वानसमेत गरेका छन् । 

सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ । मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले देवीप्रसाद ज्ञवाली नेतृत्वको आयोग खारेज गरेको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्