११ असार २०८३, बिहीबार

यौन दुराचार गरेर फरार एक अभियुक्त पक्राउ

यौन दुराचार गरेर फरार एक अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय रामेछापले बाल यौन दुराचार गरी फरार भएका एक युवकलाई पक्राउ गरेको छ ।

जिल्ला अदालत रामेछापबाट मिति २०७७ फागुन १२ गतेको फैसलाले ६ महिना कैद र १० हजार जरिवाना सजाय तोकिएका मन्थली नगरपालिका १३ गेलु बस्ने २३ वर्षीय सुरज भुजेललाई पक्राउ गरिएको हो ।

विषेश सूचनाको आधारमा घर आएको जानकारीपछि मंगलवार राति उनलाई घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डीएसपी नवराज ढुंगानाले बताए ।

ढुंगानाका अनुसार भुजेलले १७ वर्षीया बालिकालाई यौन दुराचार गरेर फरार भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्