
सर्वोच्च अदालतले जसपा आधिकारिकताबारे परेका मुद्दालाई लगाउमा राख्न आदेश दिएको छ ।
न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले बुधवार जसपा आधिकारिकताको मुद्दालाई यसै प्रकृतिका मुद्दासँगै राखेर पेश गर्न आदेश दिएको हो ।
उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर पक्ष सर्वोच्च अदालत गएका थिए । सर्वोच्चमा विचाराधीन त्यस्तै प्रकृतिका मुद्दा साथ राखेर पेश गर्ने आदेश भएको अधिवक्ता कृतीनाथ शर्माले लोकान्तरलाई जानकारी दिए ।
उपेन्द्र यादव पक्षले गरेको कारवाही तथा निर्वाचन आयोगमा आधिकारिकताका लागि सनाखत गर्ने निर्णय रोक्न महन्थ पक्षले सर्वोच्चमा रिट हालेका थिए । अब सबै मुद्दाको सुनुवाइ एकैपटक हुने भएको छ ।