२५ असार २०८३, बिहीबार

गुणस्तरहिन मासु पसलमा शिलबन्दी

कात्तिक २०, २०७४
गुणस्तरहिन मासु पसलमा शिलबन्दी

काठमाडौं, २८ जेठ
–आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गुणस्तरहीन मासु विक्री गरेको भन्दै आइतवार २ पसलमा शिलबन्दी गरेको छ । विभागको नेतृत्वको अनुगमन टोलीले काठमाडौंको गोंगवुस्थित केसी चिकेन स्टोर र बानियाँटारको सगरमाथा चिकेन स्टोरमा शिलबन्दी गरेको हो ।

विभागको नेतृत्वमा गएको पशुसेवा विभाग, महानगरीय प्रहरी प्रभाग, नयाँ बसपार्क र उपभोक्ता अधिकारकर्मीसहितको अनुगमन टोलीले ती पसलबाट १५ किलोभन्दा बढी गुणस्तरहिन मासुसमेत नष्ट गरेको छ ।
मरेको कुखुराको मासु विक्री गरेको, सडेको मासुबाट ससेज बनाएको तथा खाद्य अनुज्ञापत्रसमेत नलिएको भेटिएपछि अनुगमन टोलीले दुईवटै पसलमा शिलबन्दी गरेको छ । गुणस्तरहीन मासु भेटिएपछि नमूना परिक्षणका लागि विभागले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाएको छ ।

त्यस्तै अनुगमन टोलीले टोखास्थित मनकामना चिकेन स्टोरमा पनि अनुगमन गरी ४ किलो गुणस्तरहित मासु नष्ट गरेको छ ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बजारमा गुणस्तरहित खाद्य वस्तुको बिगबीगी बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न नियमित बजार अनुगमनमा हुनुपर्ने बताए । उपभोक्ता अधिकारमाथि खेलवाड गर्नेमाथि कडा कारवाही हुुनुपर्नेमा उनले जोड दिए ।

salt training

कमेन्ट गर्नुहोस्