०६ असार २०८३, शनिबार

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई धक्का दिएर लडाइयो मञ्चबाट

साउन २०, २०७८
दिल्लीका मुख्यमन्त्री केजरीवाललाई धक्का दिएर लडाइयो मञ्चबाट

भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई बुधवार दिल्ली क्यान्टमा मञ्चबाट लडाइएको छ । 

उक्त क्षेत्रमा एक बालिकाको बलात्कारपछि हत्या गरेको भनिएको घटनामा उनी पीडित परिवारलाई भेट्न गएका थिए । त्यसक्रममा उनले विरोधको सामना गरे ।

परिवारलाई भेटेर मञ्चमा पुग्दा केही व्यक्तिले उनीविरुद्ध नारा लगाए ।

मञ्चमै उनलाई धकेलाधकेल गरियो र उनी मञ्चबाट लडे । त्यसपछि सुरक्षाकर्मीहरूले उनलाई सम्हाले । उनलाई कुनै चोटपटक लागेको छैन । त्यसपछि दिल्ली प्रहरीले केजरीवाललाई सुरक्षित रूपमा त्यहाँबाट लग्यो । 

पीडित परिवारलाई भेटेपछि केजरीवालले ट्वीट गरेर परिवारलाई १० लाख भारु आर्थिक सहयोग दिने जानकारी दिए । 

नौ वर्षकी बालिकालाई बलात्कारपछि हत्या गरिएको आरोपमा चारजनालाई पक्राउ गरिएको छ । हत्या तथा पोक्सो ऐनअन्तर्गत उजुरी दर्ता गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्