दाङ, २८ जेठ - नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले आफूहरुले बहुमत पाए जिल्लालाई प्रादेशिक राजधानी बनाउने घोषणा गरेका छन् ।

एमालेले दाङलाई प्रादेशिक राजधानी बनाउन नदिएको भनी नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) ले गलत आरोप लगाएको दाबी गर्दै उनले देशभर एमालेको जनलहर आएको देखेर विपक्षीले आफ्नो पार्टी विरुद्ध गलत हौवा फैलाएको बताए ।
एमाले दाङले आज यहाँ आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले आफ्नो पार्टी अहिलेसम्म सबै भन्दा राष्ट्रवादी र देश विकासमा अगाडि रहेको जनाए ।