बैतडी, २८ जेठ - एक हप्ताअघि बेपत्ता भएकी महिला आज मृत अवस्थामा फेला परेकी छिन् ।
सिगास गाउँपालिका–५ गुनयाखोलाकी २२ वर्षीया वसन्ती महराकाको शव चोरधार जङ्गलमा फेला परेको प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए । यही जेठ २२ गते घरबाट घाँस काट्न गएकी महरा घर नफर्केपछि उनको घरपरिवारले खोजी गरिदिन प्रहरीलाई खबर गरेको थियो ।