३१ जेठ २०८३, आइतबार

जयललिता :कसरी भइन् तमिलनाडुकी ‘माता’ ?

कात्तिक २०, २०७४
जयललिता :कसरी भइन् तमिलनाडुकी ‘माता’ ?
काठमाडौं, २१ मंसिर — भारतको केन्द्रीय सरकारले तमिलनाडुकी पूर्वमुख्यमन्त्री जयललिताको निधनपछि एक दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । राष्ट्रिय झण्डा आधा झुकाउने र सबैखाले समारोहहरू रद्द गर्ने सरकारले एक प्रेस वक्तव्यमा जनाएको छ ।

मंगलवार भारतीय प्रधानमन्त्री मोदीले चेन्नई भ्रमण गरेर जयललिताप्रति श्रद्धासुमन अर्पण गर्ने कार्यक्रम छ । केरला तथा बिहार राज्यका सरकारले पनि स्वर्गीय पूर्वमुख्यमन्त्रीप्रति श्रद्धास्वरूप एकदिने शोकको घोषणा गरेका छन् ।

तमिलनाडुमा भने सात दिने शोकको घोषणा गरिएको छ । अम्मा पनि भनेर चिनिने जयललिताको निधनमा शोकाकुल चेन्नई पूरै बन्द छ । जयललिताको अन्तिम संस्कार स्थानीय समय अनुसार अपराह्नको साढे चार बजे गरिनेछ ।

jayalalitha_jayalalita

उनको मृत्युको खबर आएपछि तमिलनाडुका मानिस शोकमा डुबेका थिए । उनीहरू अम्माप्रति श्रद्धा अर्पण गर्न अपोलो अस्पताल पुगेका थिए । अस्पतालवरिपरि करीब दुई हजार प्रहरीहरू तैनाथ गरिएका थिए ।

जयललिताका समर्थकहरूले उनलाई देवीको दर्जा दिने गरेका छन् । आफ्नो प्रिय नेताको निधनको खबरमाथि समर्थकहरूले तीव्र प्रकिक्रिया दिए । ‘कसैले पनि अम्मालाई मार्न सक्दैन,’ जयललिताको तस्वीर बोकेका एक व्यक्तिले भने ।

प्रायः एक्लै बस्न चाहने र शक्तिशाली जयललिताको तमिलनाडुमा धर्मगुरुजत्तिकै सम्मान र श्रद्धा थियो । भ्रष्टाचार आरोपमा धेरैचोटि कारवास सजाय भोगेपनि उनीप्रति साभारण मानिसको श्रद्धा कम भएन ।

पहिले फिल्म स्टार रहिसकेकी जयललिताले राजनीतिमा प्रवेश गर्दा उनको पहिल्यै रहेको फ्यान बेसले पनि काम ग—यो । मतदाताहरू आफ्ना कलाकारलाई ईश्वरको दर्जा दिने भएकाले जयललिताले जनताको मन जितेर पाँचचोटि तमिलनाडुको मुख्यमन्त्री बन्न सफल भएकी थिइन् ।

त्यसमाथि जयललिताले सत्तामा रहँदा पपुलिस्ट (लोकरञ्जनवादी) कदमहरू चालेकी थिइन् । उनले मान्छेलाई सित्तैमा मोबाइल फोन, ल्यापटप र किचन ग्राइन्डर बाँडेकी थिइन् जसका कारण लाखौं मतदाताहरूले उनलाई प्रिय अम्मा(माता या आमा)का रूपमा सम्बोधन गर्ने गर्थे ।
यसका अलावा उनले जम्मा तीन रुपैयाँमा दहीभात, एक रुपैयाँमा इडली र एक रुपैयाँमा ‘मिनरल वाटर’ उपलब्ध गराएकी थिइन् । गरीबलाई सस्तो औषधी उपलब्ध गराउन उनले केही औषधी पसलहरूमा बजारमूल्यभन्दा १५ प्रतिशत कम मूल्यमा बेच्ने व्यवस्था मिलाएकी थिइन् ।

किसानहरूलाई सस्तो मूल्यमा बिउ उपलब्ध गराएर उनले कृषिक्रान्ति गरेकी थिइन् । त्यस्तै सस्तो उपचारसेवा पनि दिलाएकी थिइन् । आफ्नो शासनकालमा उनले विदेशी लगानी भित्र्याएर तमिलनाडुलाई भारतकै आर्थिक रूपमा दोस्रो ठूलो प्रदेशका रूपमा स्थापित गरेकी थिइन् ।

सन् १९९१ मा उनी तमिलनाडुकी पहिलो महिला र सबभन्दा कम उमेरमा मुख्यमन्त्री बनेकी थिइन् । उनले आफ्नो कार्यकाल पूर्ण रूपमा सम्पन्न गरेकी थिइन् । जयललिताको अपार धनसम्पत्ति थियो । सन् २०१५ मा उनले आफूसँग ११७ करोड भारु सम्पत्ति भएको घोषणा गरेकी थिइन् ।

उनका घरमा १२ हजार सारी थिए । यी सारी उपहारमा आएको उनले बताएकी थिइन् । जयललिताको धर्मपुत्र सुधागरनको विवाहमा एक लाख पचार हजार पाहुना आएका थिए । यो गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा परेको थियो । उक्त बिहामा करोडौं खर्च गरिएको थियो । अपार सम्पत्ति भएकी जयललिताले मुख्यमन्त्रीका रूपमा जम्मा एक रुपैयाँ तलब लिने गरेकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्