
नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले काठमाडौंको शंखरापुर नगरपालिका जहरसिंह पौवास्थित शिवराम सिंह बस्न्यातको प्रतिमा निर्माण स्थलको शिलान्यास गरेका छन् ।
शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठ, श्रीपाली बस्न्यात समाजका अध्यक्ष निरञ्जन मानसिंह बस्न्यात लगायत स्थानीयको उपस्थिति रहेको सभालाई थापाले सम्बोधन समेत गरेका थिए ।
महारथी थापाले बिहीवारै प्रबन्धरथीको कार्यालय अन्तर्गत रहेको बन्दोवस्ती कार्य गण कालिकास्थानको निरीक्षण भ्रमण गरे ।
भ्रमणको दौरान प्रधानसेनापति महारथी थापाले गणको वस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत विविध पक्षबारे जानकारी हासिल गर्नुका साथै सकलदर्जालाई सम्बोधन समेत गरेका थिए ।
