
धितोपत्र बजारमा लगातार उकालो लागिरहेको शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार थामिएको छ ।
लगातार कीर्तिमान बनाउँदै उकालो लागेको नेप्सेमा बिहीवार दोहोरो अंकको करेक्सन देखिएको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६ अंकले घटेर ३ हजार १०७.४५ मा ओर्लेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६४ ले उकालो लागेर ५७९ मा पुगेको छ ।
नेप्से ओरालो लागे पनि कारोवार रकम १४ अर्बमा नै कायम रहेको छ । कूल २२६ कम्पनीको २ करोड ८८ लाख ४५ हजार ४३१ कित्ता शेयर १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार ९६५ मूल्यमा खरिद बिक्री भए ।
कारोबार भएका १३ उपसमूहमध्ये २ उपसमूहको शेयर उकालो लाग्दा ११ उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ०.१२ र विकास बैंक १०८.६९ विन्दुले बढ्दा व्यापार ४५.२७, होटल तथा पर्यटन ४३.५८, जलविद्युत् ७६.२४, वित्त २२.८९, निर्जीवन बीमा ४९.९७, उत्पादन ९०.८२, अन्य १७.४१, लघुवित्त ३४.८२, जीवन बीमा ५३.१७, सामूहिक लगानी कोष ०.०१ र लगानी १.६८ विन्दुले ओरालो लागेको छ ।
शेयर कारोबार हुने साताको अन्तिम दिनपछि बजार बन्द हुँदा ४३ खर्ब ३७ अर्ब १७ करोड ३० लाख ६१ हजार ५६४ रुपैयाँ बराबर पुगेको छ । कारोबारका आधारमा बिहीवार माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६५ करोड ३० लाख ६१ हजार २९६ रुपैयाँ बराबरको कारोबार भयो ।
अपि पावर कम्पनी ५८ करोड ४२ लाख ४७ हजार ८५७, अरुण भ्याली हाइड्रोपावर ४९ करोड १७ लाख ६० हजार ६०४, फस्ट माइक्रोफाइनान्स ३१ करोड ७३ लाख ६१ हजार ३०१ र अरुण काबेली पावर २८ करोड ६७ लाख ३४ हजार ४३६ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
नेप्सेका अनुसार नेपाल फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, जीवन विकास लघुवित्त र युनियन लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । यस्त, युनिभर्सल पावर ६.७९, बरुण हाइड्रोपावर ५.३२, रिडी हाइड्रोपावर ५.१३, शिव श्री हाइड्रोपावर ५.०७ र युनाइटेड मोदीका लगानीकर्ताले ५.०४ प्रतिशतले गुमाए ।