२९ असार २०८३, सोमबार

सांसद पत्नी तिमिल्सिनाको निधनप्रति कांग्रेस संसदीय दलद्वारा दुःख व्यक्त

साउन २१, २०७८
सांसद पत्नी तिमिल्सिनाको निधनप्रति कांग्रेस संसदीय दलद्वारा दुःख व्यक्त

नेपाली कांग्रेस संसदीय दलले रौतहट क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमिल्सिनाका धर्मपत्नी रेणु तिमिल्सिनाको निधनप्रति दुुःख व्यक्त गरेको छ ।

उनको उपचारको क्रममा बिहीवार निधन भएको हो ।

संसदीय दलका सचेतक पुष्पा भुसाल गौतमले शोक विज्ञप्तिमार्फत रेणु तिमिल्सिनाको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

स्व. तिमिल्सिना कांग्रेसको सक्रिय सदस्य थिइन् । उनी कांग्रेसले आह्वान गरेको हरेक लोकतान्त्रिक आन्दोलनमा सदैव सहभागी हुँदै आएका  उल्लेख गर्दै संसदीय दलले उनको निधनले कांग्रेसलाई अपूरणीय क्षति पुगेको जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्