
१ नम्बर प्रदेशको प्रदेशसभा बैठकले ‘प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सम्बन्धी प्रस्ताव बिहीवार सर्वसम्मतिले पारित गरेको छ ।
प्रदेश सभाको बिहीवारको बैठकमा प्रदेशसभा नियमावली २०७४ को नियम ९२ बमोजिम भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर मगरले सो विधेयक प्रस्ताव सदनमा पेश गरेका थिए ।
मन्त्री मगरले हाम्रो कृषि जीविकोपार्जन गर्ने किसिमको मात्र भएको अवस्थामा कृषि एवं कृषि उत्पादन बढाउन सरकारले अनुदानको व्यवस्था गरेको बताए । उनले अनुदान विभिन्न स्वरूपमा रहेकाले यसको गलत प्रयोग हुन नदिन विधेयक ल्याइएको जानकारी दिँदै सरकारले कृषिमा दिने अनुदान ५० देखि ७५ प्रतिशत रहेको र यसलाई पारदर्शी बनाउन विधेयकले मद्दत गर्ने विश्वास व्यक्त गरे ।