२८ जेठ २०८३, बिहीबार

अरब सागरमा युद्धको संकेत, इजरायलले दियो इरानलाई धम्की

साउन २२, २०७८
अरब सागरमा युद्धको संकेत, इजरायलले दियो इरानलाई धम्की

इजरायलका रक्षामन्त्री बेन्नी गान्जले आफ्नो देश इरानमाथि आक्रमणका लागि तयार रहेको बिहीवार चेतावनी दिएका छन् । 

समुद्रमा एक इजरायली तेल ट्यांकरमाथि घातक ड्रोन आक्रमण भएपछि इजरायलले त्यसको दोष इरानमाथि लगाएको छ । मर्सर स्ट्रीट नामक उक्त ट्यांकरमा भएको आक्रमणमा दुईजनाको मृत्यु भएपछि अमेरिका र बेलायतले पनि इरानमाथि कारवाहीको माग गरेका छन् । 

इरानले सबै आरोपको खण्डन गरेको छ ।

इरानविरुद्ध कारवाही अहिलेको आवश्यकता भएको गान्जले बताए । त्यसको जवाफमा इरानको परराष्ट्र मन्त्रालयका प्रवक्ता सईद खतीबजादेहले यस्तो धम्की अन्तर्राष्ट्रिय कानूनको क्रूर उल्लंघन भएको जनाएको छ । इरानविरुद्ध गरिने कुनै पनि मूर्खतापूर्ण कारवाहीको निर्णायक उत्तर दिइने पनि उसले जनायो । 

इरानसँगको आणविक सम्झौतामा अमेरिका फर्किनका लागि कोशिश भइरहँदा आक्रमणको यो घटना भएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्