३० जेठ २०८३, शनिबार

खोप उपलब्ध गराएकोमा भुटानलाई देउवाले दिए धन्यवाद

खोप उपलब्ध गराएकोमा भुटानलाई देउवाले दिए धन्यवाद

कोभिड महामारीविरुद्ध नेपालको लडाइँमा भुटानले खोप सहयोग गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले ट्वीट गरेर धन्यवाद दिएका छन् । 

उनले भुटानका राजा तथा प्रधानमन्त्रीलाई कोभिशील्ड खोपका २ लाख ३० हजार डोज उपलब्ध गराउनका लागि व्यवस्था गरेको भन्दै आभार प्रकट गरेका छन् । 

नेपालले पछि कुनै समयमा यस्तै किसिमले भुटानलाई सहयोग गर्ने पनि उनले उल्लेख गरेका छन् । 

आजै भुटानबाट कोभिशील्ड खोपका मात्राहरू काठमाडौं आइपुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्