२४ असार २०८३, बुधबार

रोकिएका कामदारलाई कोरिया जाने व्यवस्था मिलाउन माग

रोकिएका कामदारलाई कोरिया जाने व्यवस्था मिलाउन माग
फाइल तस्वीर।

राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेलवासेले कोरिया जान रोकिएका नेपाली कामदारहरूलाई कोरिया जाने व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छन् । 

शुक्रवारको बैठकमा बेलबासेले दुई देशबीचमा भएका समस्याहरूका कारण कोरिया जान नपाएको भन्दै उनीहरूलाई कोरिया जाने व्यवस्था मिलाउन सरकारसँग माग गरेकी हुन् । 

‘कोरिया जानका लागि तयार भएर बसेको ठूलो जनसमुदाय अहिले पनि यत्तिकै बसिराखेको छ । उहाँहरूले जानका लागि सबै प्रक्रियाहरू पूरा गर्नुभयो तर यताबाट पठाउने र उताबाट रिसिभ गर्ने दुई देशको बीचमा केही समस्या भएका कारण उहाँहरू अड्किराख्नुभएको छ । उहाँहरूको व्यवस्था गरियोस् भन्ने पनि म माग गर्न चाहान्छु,’ उनले भनिन् । 

उनले वैदेशिक रोजगारीमा जान लागेकाहरू क्यूआर कोडका लागि, भ्याक्सिन र प्रमाणित कार्डका लागि विभिन्न ठाउँमा लाइन बसिराख्नुपर्ने भएकाले लाइन बसिराख्नु नपर्ने खालको व्यवस्था गर्न पनि उनले अनुरोध गरिन् । 

salt training

कमेन्ट गर्नुहोस्