२४ जेठ २०८३, आइतबार

पहिरोेबाट ज्यान गुमाउनेका परिवारलाई ५ लाख सहयोग

साउन २३, २०७८
पहिरोेबाट ज्यान गुमाउनेका परिवारलाई ५ लाख सहयोग
प्रतिकात्मक तस्वीर

तनहुँको ऋषिङ गाउँपालिकामा गत असार २४ गतेको पहिरोबाट ज्यान गुमाउने २ जनाको परिवारलाई संघ र प्रदेश सरकारका तर्फबाट राहत वितरण गरिएको छ ।

वडा नम्बर ७ की ५० वर्षीया देवीसरा थापा र वडा नम्बर ८ का ४२ वर्षीय खुमबहादुर थापाको परिवारलाई राहत वितरण गरिएको हो । 

दुवै पीडित परिवारलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघ सरकारका तर्फबाट जनही २ लाख र प्रदेश सरकारका तर्फबाट जनही ५० हजारका दरले राहत रकम प्रदान गरेको छ ।

सोक्रममा मुख्यमन्त्री पोखरेलले सरकार जनताको अभिभावक भएकाले पीडामा मलम लगाउन राहत रकम प्रदान गरिएको बताए ।

उनले गाउँपालिकाका विभिन्न ठाउँमा बाढीपहिरोले सडकमा पुर्‍याएको क्षतिको समेत अवलोकन गरेका छन् । बाढीपहिरोले भत्किएका सडक मर्मतका लागि प्रदेश सरकारले तत्काल २५ लाख रुपैयाँँ उपलब्ध गराएको थियो । 

बाढीपहिरोले सो गाउँपालिकाका थुप्रै घरमा क्षति पुगेको छ । घर क्षति भएकालाई पुनःस्थापनाका लागि प्रतिघर ४ लाख उपलब्ध गराउने मुख्यमन्त्री पोखरेलले प्रतिबद्धता व्यक्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्