२४ जेठ २०८३, आइतबार

जलविद्युत् आयोजनाको उद्घाटन गर्न मनाङ पुगे प्रचण्ड, सँगै भुसाल र गुरूङ पनि

जलविद्युत् आयोजनाको उद्घाटन गर्न मनाङ पुगे प्रचण्ड,  सँगै भुसाल र गुरूङ पनि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) मनाङ पुगेका छन् । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आयोजना गरेको कार्यक्रममा सहभागी हुन प्रचण्ड मनाङ पुगेका हुन् । 

मनाङमा एक जलविद्युत् आयोजनाको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुन प्रचण्ड मनाङ पुगेको उनका प्रेस संयोजक विष्णु सापकोटाले बताए । 

प्रचण्डसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल, माओवादी केन्द्रका नेता देव गुरूङ, प्रचण्डकी छोरी गंगा दाहाललगायतको टीम हेलिकप्टरमार्फत् मनाङ पुगको हो । 

त्यसबाहेक ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव र केही उच्चपदस्थ कर्मचारी पनि जलविद्युत् आयोजनाको उद्घाटन कार्यक्रममा सहभागी हुन मनाङ गएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्