२८ जेठ २०८३, बिहीबार

यसरी नियन्त्रणमा लिइयो बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो [फोटो फिचर]

यसरी नियन्त्रणमा लिइयो बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो [फोटो फिचर]
तस्वीरः रासस

बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेबिको प्रालिमा लागेको आगो नियन्त्रणमा आएको छ । 

बिहान ३ बजेदेखि लागेको आगो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र बारुणयन्त्रका कर्मचारीको अथक प्रयासपछि क्रमशः नियन्त्रणमा आएको हो । 

आगलागी फैलिन नदिन नेपाली सेनाको उद्धार टोलीले एउटा ट्रस घर भत्काएको  छ । ८ वटा दमकल र सिम्रिक एयरको हेलिकप्टर समेत प्रयोग गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत स्थानीयवासीहरूको संयुक्त प्रयासमा आगलागी पूर्ण रुपमा नियन्त्रणमा लिइएको नेपाली सेनाले जनाएको छ । 

आगलागीबाट नेबिको बिस्कुट कारखानाको ४ वटा ब्लकमा क्षति पुगेको छ भने अन्य क्षतिको विवरण आउन बाँकी रहेको बताइएको छ । 

नेपालकै पहिलो बिस्कुट कम्पनीका रुपमा सञ्चालित बालाजुको नेबिको प्रालिमा शनिवार बिहान एक्कासि आगलागी हुँदा उत्पादित सामग्री जलेर नष्ट भएको छ ।​

तस्वीरः राससतस्वीरः नेपाली सेनातस्वीरः नेपाली सेनातस्वीरः नेपाली सेनातस्वीरः नेपाली सेना

salt training

कमेन्ट गर्नुहोस्