३० जेठ २०८३, शनिबार

‘संसारको अन्त्य हुन लागेको हो ?’ पेरुका गाउँले सोध्दैछन् !

कात्तिक २०, २०७४
‘संसारको अन्त्य हुन लागेको हो ?’ पेरुका गाउँले सोध्दैछन् !
काठमाडौं — पेरुको एल पोर्वेनिर गाउँका निवासीहरू दुईवटा टाउको भएको बाच्छो जन्मिनेबित्तिकै मरेपछि स्तब्ध भएका छन् ।


यस्तो दुर्लभ जन्म देखेपछि अन्धविश्वासी गाउँलेहरू उक्त जनावरमाथि सराप परेको बताउँछन् ।

केहीले चाहिँ संसार अन्त्य हुन लागेको संकेतका रूपमा यसलाई लिए भने अन्यले भूकम्प जस्तो खतरनाक घटनाको संकेतका रूपमा बुझे ।

तर पशुचिकित्सक मार्टिन पलासिओसले गाउँलेहरूलाई अन्धविश्वास त्याग्न आग्रह गरे । जिनमा आएको खराबीका कारण यस्तो हुन गएको उनले गाउँलेलाई बताए ।

त्यो जनावर दुईटाउके हुनुका अलावा अन्य खराबी भएकाले मरेको हुनसक्ने पलासिओसको भनाइ छ ।

अरू अंगमा पनि गडबड हुनाले अंगले काम नगरेर उसको मृत्यु भएको हुनसक्ने उनी अनुमान गर्छन् ।

द डेली मेल

salt training

कमेन्ट गर्नुहोस्